![]()
२०७६ पुस १६, काठमाडौं । माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन–लभस्टोरी फिल्म ‘दि कर्मा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन प्रधान छ । ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङलाई देख्न सकिन्छ । ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाइएको छ । त्यस्तै, नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । अभिनेता करण वर्मा भारतीय मुलका हुन् ।
उनको आकर्षक शरीर र एक्सनले ध्यान खिच्न सक्छ । फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । फिल्ममा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ । शुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्ममा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् ।


