Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

२०७६ पुस १३, काठमाडौं । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेकाहरुलाई भ्यानमा राखेर पुलिस क्लबमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed