Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

बलिउडका सफल नायक सलमान खान आजबाट ५४ बर्षमा प्रवेश गरेका छन् । सलमानको जन्मदिनको अवसरमा उनलाई उनका फ्यान, आफन्त र बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । सलमानको जन्मदिनमा नायक साहरुख खानदेखि कट्रिना कैफ, सोनाक्षी सिन्हा लगायतका बलिउड कलाकार पुगेका थिए । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका नायक सलमान खान आजको समयमा बलिउडका सवैभन्दा सफल नायकको रुपमा चिनिन्छन् । उनले, अभिनय गरेको चलचित्र ‘दबंग ३’ अहिले हलमा चलिरहेको छ । यो दशकमा मात्र सलमान अभिनित १६ चलचित्रमध्ये १५ चलचित्र सय करोड क्लबमा प्रवेश गरेका छन् ।

सलमानको करिअरमा हिट चलचित्र थुप्रै छन् । तर, उनको करिअर केही विवादित मुद्दा र नायिकाहरुसँगको प्रेम सम्बन्धका कारण सधै नै चर्चामा रहेको छ । सलमान अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन् । ‘कालो हरिणको शिकारदेखि हिट एन्ड रन केस’मा सलमान खान अहिले पनि मुद्दा खेपिरहेका छन् । सलमानको करिअरमा केही नायिकाहरुसँगको प्रेम सम्बन्धले सधै नै चर्चा पायो । तर, उनको प्रेम सफल हुने सकेन । यसैले, सलमान ५४ बर्षको उमेरमा पनि अविवाहित नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed