Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस १०, काठमाडौँ । शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री सरकारले हटाउने भएको छ । बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले सो निर्णय गरेको हो । बैठकले काठमाडौँ महानगरपालिकाभित्र तत्काल भोलि देखिनै चार वटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ ।

यस्तै बैठकले अव्वस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ । बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाईन लागेको बताए ।

यस्तै सर्वोच्च अदालतको समेत यस सम्बन्धमा आदेश दिईसकेको बताउँदै गृहमन्त्री थापाले सो आदेश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र भोलिबाट नै त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed