Breaking News.... EverestOnlineKhabar
April 19, 2026

भन्सार छली ल्याएका ५५ लाखका विद्युतीय सामानसहित दुई जना पक्राउ

Loading

२०७६ पुस १०, काठमाडौं । ५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले १५ लाख ७७ हजार नगद, एनएमबी बैंकको पाँच लाखको चेक, २३ थान आईप्याड, १८ थान आईफोन ११, नौ थान एप्पल वाच, वायरलेस एयरफोन ६ थान, सामसुङका १५ थान मोवाइललगायत सामान बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed