Breaking News.... EverestOnlineKhabar
May 12, 2026

लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन : प्रधानमन्त्री केपी शर्मा ओली

Loading

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्।

बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताए।

उनले भने, ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुदैन तबसम्म बघिनी चुपै लागेर बस्छे। डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन। डेमोक्रेसीमाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ। लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन। जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ।’

‘डेढ बर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले  गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिए। उनले भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराए।

प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि जाहेर गरे। ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन  समयमै सम्पन्न गर्न तथा विभिन्न वहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन पनि दिए।

उनले भने, ‘निर्माण कार्यमा बिलम्ब हुने गर्या छ। यो मान्य हुँदैन। जति समय भनिएको छ त्यो समयभित्र काम सम्पन्न हुनुपर्छ। गुणस्तरमा कुनै सम्झौता हुँदैन। गुणस्तरीय हुनुपर्छ। कबुल भन्दा पछि पैसा थप्ने काम हुँदैन। धेरै बिग्रेका परिपाटीहरु छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.