Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा

Loading

काठमाडौं : भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ। राहुलले चौधरी ग्रुप (सीजी)को आतिथ्य सत्कार (हस्पिटालिटी) व्यवसायको नेतृत्व गर्छन्।

‘होटेलियर’ले सन् २०१९ का लागि हस्पिटालिटी क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो। राहुल सन् २०१८ को सूचीमा पनि थिए। यो सूचीमा भारतभर होटल तथा रिसोर्ट सञ्चालन र नेतृत्व गर्ने सफल व्यवसायी छन्।

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी होटल्स एन्ड रिसोर्ट’को कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन्। ‘सीजी होटल्स एन्ड रिसोर्ट’ले भारतका विभिन्न स्थानमा सेवा विस्तार गरेको छ। ‘ताज’, ‘फर्न’, ‘जिंक’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी÷लगानी छ।

‘सीजी होटल्स एन्ड रिसोर्ट’ले २० मुलुकका १ सयभन्दा बढी होटल सञ्चालन गरिरहेको छ। यी होटल÷रिसोर्टमा ६ हजारभन्दा बढी कोठा छन्।

‘हामीसँग पहिले १० वटा होटल थिए, सन् २०२० सम्म यो संख्या २०० पुग्छ’, राहुल भन्छन्, ‘थप १५ देशका ९७ पर्यटकीय गन्तव्यमा पुग्नेछौं। त्यतिबेलासम्म हामीसँग १० हजारभन्दा धेरै कोठा हुनेछन्।’ विश्वभर होटल सञ्जाल फैलाउने उद्देश्य लिएर हिँडेका राहुल आफू पिता विनोद चौधरीको व्यावसायिक सफलता र सद्गुणलाई आत्मसात गरेर हिँडेको बताउँछन्। उनी भन्छन्, ‘त्यही सफलता र सद्गुणका कारण हामी चीनदेखि न्युयोर्क सिटीसम्म फैलन सकेका हौं।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed