Breaking News.... EverestOnlineKhabar
May 12, 2026

के को लागि जनमतसंग्रह, कस्का लागि जनमतसंग्रह ? : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापा

Loading

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले जनमत संग्रहबारे संसदमा प्रश्न उठाएका छन्।

आइतवार बसेको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद थापाले सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेस र मधेसीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भए पनि जनमत संग्रहको विषय गम्भीर भएको बताए।

‘सहमतिमा प्रयोग भएको दुईपक्षको आआफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ। के को लागि जनमतसंग्रह, कसका लागि जनमतसंग्रह? हामीलाई उत्तर चाहिन्छ’ उनले भने।

उनले सहमतिको बारेमा संसदलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गराउने प्रबन्ध गर्न सभामुखसँग आग्रह गरे।

नेता थापाले सीके राउतसँग भएको सहमतिको पृष्ठभूमीले अदालत र सरकारबीच कतै मिलिभगत त चलिरहेको छैन भन्ने गम्भीर प्रश्न उठाएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.