Breaking News.... EverestOnlineKhabar
October 2, 2026

म मधेसी जनताको हकहितको पक्षमा : (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल

Loading

महनौर(सिरहा) – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले सिरहा आउँदा माइती आएजस्तो अनुभूति हुने बताएका छन्। ०७० सालको संविघानसभा निर्वाचनमा मधेसको मधेसको सिरहा जिल्लावासीले जिताएर संविधानसभामा पठाएकै कारण आफू संविधान निर्माणमा एतिहासिक भूमिका खेल्न सफल भएको उनको भनाइ थियो।

०७० सालको संविधानसभामा मधेसको सिरहा जिल्लाबाट निर्वाचित भएको र त्यही संविधानसभाले नेपालको संविधान जारी गर्न सफल भएकोले पनि मधेस आफ्ना लागि माइतीजस्तै भएको दाहालले प्रष्ट्याए।मंगलबार सिरहाको अर्नमा गाउँपालिका –१ महनौरमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै उनले भने, ‘संविधान निर्माणको अघि र पछि निरन्तर म मधेसी जनताको हकहितको पक्षमा रहेँ। संविधान निर्माणपछि पनि म, प्रधानमन्त्री केपी ओली र उपेन्द्र यादव संविधानलाई मधेसी जनताको आवश्यकताअनुसार संशोधन, परिमार्जन गर्दै जाने भनेर हस्ताक्षर गरेका छौं।’ मधेसी जनताको हकहित र अधिकारको पक्षमा आफूले निरन्तर पहलकदमी लिँदै आएको र लिइरहेने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

मधेसको नागरिकता समस्या सदाका लागि अन्त्य हुने बताउँदै नागरिकता विधेयकमाथि छलफल चलिरहेको सो विधेयक संसद्मा पेस भएर समितिमा छलफलको क्रममा रहेको जानकारी दिए। ‘जन्मसिद्धका छोराछोरीको नागरिकताको समस्या सदाका लागि अन्त्य हुनेगरी विधेयक आउँदै छ,’ उनले भने, ‘मधेसमा अब नागरिकता समस्या रहँदैन।’

मधेसको विकास निर्माणमा नेकपा नेतृतवको सरकारको ध्यान कम हुन्छ कि भनेर शंका नगर्न आग्रह गर्दै उनले मधेसको विकास गरेर मात्रै मधेसी जनताको माग सम्बोधन गर्न सकिने बताए। ‘मधेसमा पूर्वाधार विकासका लागि दुई अर्ब रुपैयाँको विशेष प्याकेज सरकारले ल्याएको छ,’ उनले भने। सिँचाई र खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न उर्जा तथा सिँचाई र खानेपानी मन्त्रालयमार्फत प्रदेश २ को आठवटै जिल्लाका लागि प्रक्रिया अघि बढाएको उनको भनाइ थियो। ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टर सहितको आवश्यक व्यवस्था होस् भनेर सरकारसँग तत्काल माग राख्छु’,दहालले भने, ‘यस स्वास्थ्य चौकीमा आवश्यक व्यवस्था सहित एमविविएस डाक्टर व्यवस्था हुने विश्वस्त पारे।

‘सिराहा जिल्ला आँप र धान उत्पादनमा देशमै अब्बल जिल्ला हो। सिरहालाई आँप र धानकोे क्षेत्रका रूपमा विकास गर्न पहल गर्नेछु,’ उनले भने।’ धानखेतीमा उर्वर यस जिल्लालाई धानको सुपरजोनको रुपमा विकास गर्ने उनले प्रतिवद्धता  गरे। ‘अहिलेको संविधानले शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको छ,’ दहालले भने, ‘अब आर्थिक अभावमा उपचार नपाएर कोही मर्नुपर्ने छैन। गरीबको उपचार सरकारले गर्नेछ। नगरे अदालतमा सरकारमाथि मुद्दा दिन पाइन्छ, सरकारमाथि मुद्दा लाग्छ।’

पूर्वाधार विकास, उत्पादन वृद्धि, व्यपार घाटाको सन्तुलन मिलाउने, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा सरकार लागी परेको उनको जिकिर थियो। सिरहाको मिर्चैयामा दहालले मिर्चैया महोत्सव उद्घाटन गरेका थए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed