Breaking News.... EverestOnlineKhabar
June 10, 2026

बलिउडकी गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु भएको छ

Loading

एजेन्सी: बलिउडकी गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर पतिका साथमा फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो। शिव वीर सिंह जसले कार तेज तफ्तारमा भएका कारण दुर्घटना भएको बताएका छन्।

उनले दुर्घटना प्रत्यक्ष रुपमा देखेका थिए । घटना सुरीर कोतवाली क्षेत्रको वरिपरि भएको हो । कारमा सवार भाटियाका पतिको अस्पतालमा उपचार भइरहेको र शिवानीको उपचारको क्रममा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

बिहारको सीमामन्ढीमा जन्मिएकी गायिका शिवानी हाल कामको सिलसिलामा दिल्ली बस्दै आएकी थिइन् । दिल्ली नोएगाको नजिकै स्टेजमा शो गरिरहने भाटियाले थुप्रै बलिउड गायक गायिकासँग पनि स्टेज शो गरिसकेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed