![]()
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘बायोपिक’ सिनेमा सूटिङ सुरु भएको बताइएको छ । अघिल्लो साता नै पोस्टर सार्वजनिक भइसकेको फिल्म ‘पिएम नरेन्द्र मोदी’मा विवेक ओवराय मोदीको भूमिकामा देखिने छन् ।
ओमुङ कुमारद्वारा निर्देशित यस फिल्मको सूटिङ गुजरातको अहमेदावादबाट सुरु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । गुजरातको सामान्य जीवनयापनबाट राजनीतिमा प्रवेश गर्दै गुजरातको मुख्यमन्त्री हुँदै भारतको प्रधानमन्त्रीसम्मको मोदीको संघर्षको यात्रालाई फिल्ममा देखाइने छ ।
सूटिङ गुजरातका विभिन्न स्थानमा सकेर दिल्ली, उत्तराखण्ड लगायत स्थानमा निर्माण टोली जाने बताइएको छ । यद्यपि प्रधानमन्त्री पदमा रहेका मोदीको जीवनमाथि बनाइएको फिल्म ‘राजनीतिक स्वार्थ’बाट प्ररित रहेको टिप्पणी हुन थालेको छ । भारतमा चुनाव हुनुअघि सार्वजनिक गर्ने गरी निर्माण तयारी भएको फिल्म भारतीय जनता पार्टीको ‘राजनीति हत्कण्डा’को रुपमा धेरैले अथ्र्याएका छन् ।


