Breaking News.... EverestOnlineKhabar
June 19, 2026

आँखाको अदाले दर्शकलाई दिवाना बनाएकी प्रियाप्रकाश वारियर अहिले फेरि चर्चामा

Loading

मुम्बई : स्कुल ड्रेसमा आँखाको अदाले दर्शकलाई दिवाना बनाएकी प्रियाप्रकाश वारियर अहिले फेरि चर्चामा छिन्। अहिले प्रिया हिन्दी फिल्म ‘ श्रीदेवी बंगलो’को छायांकनमा व्यस्त छिन्।

फिल्ममा प्रिया सुपरस्टार अभिनेत्री श्रीदेवीको भूमिकामा देखिँदै छिन्। फिल्मको केही दृश्य लन्डनमा सुटिङ गरेर उनी भर्खरै भारत फर्केकी छन्। यो फिल्मको निर्देशन प्रशान्त माम्बुलीले गरिरहेका छन्।

मुम्बईमा यसै साता फिल्मको टिजर रिलिज गरिएको छ। फिल्मको टिजरमा श्रीदेवीको मृत्यु बाथटबमा भएको देखाइएको छ। फिल्ममा प्रियाको साथमा अभिनेता प्रियांशु चटर्जी मुख्य भूमिकामा देखिएका छन्। टिजर लन्च कार्यक्रममा प्रियप्रकाश पनि उपस्थित थिइन्।

प्रियाले भनिन्, ‘यो फिल्म श्रीदेवीको जीवनीमा आधारित भए नभएको फिल्म हेरेपछि मात्रै थाहा पाउनुहुनेछ। म फिल्ममा एक लेडी सुपरस्टारको भूमिकामा छु, जसको नाम श्रीदेवी हो। मेरो पहिलो फिल्म ‘ओरु अडार लभ’ एक मलयालम भाषामा बनेको फिल्म हो। यो फिल्म १४ फेब्रुअरीमा मलयालम, तमिल, तेलुगु र कन्नड भाषामा एकसाथ रिलिज हुँदैछ।’

फिल्ममा आफ्नो रोल बोल्ड युवतीको भएको प्रियाले बताइन्। भनिन्, ‘म बलिउडका धेरै फिल्म हेर्छु। दीपिका पादुकोण र रणवीर सिंह मेरा मन पर्ने कलाकार हु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed