Breaking News.... EverestOnlineKhabar
May 12, 2026

१७ बर्षीया किशोरीमाथि यौन शोषणको आरोपमा मिका सिह पक्राउ

Loading

एजेन्सी  । भारतका चर्चित गायक मीका सिंह दुबईमा पक्राउ परेका छन् । उनी ब्रालिलकी १७ वर्षीया मोडललाई यौन शोषण आरोपमा पक्राउ परेका हुन् ।

अघिल्लो साता बिहिबार दुबईको मुरक्काबात पुलिसले राति ३ बजे उनलाई पक्राउ गरेका थियो । उनीमाथि १७ वर्षीया मोडललाई अश्लिल तस्बिर मेसेज गरेको आरोप लागको छ । उनी एक कार्यक्रमका लागि दुबई गएका थिए ।

मीका विभिन्न कारणले विवादमा आइरहन्छन् । उनी स्टेजदेखि लिएर सडकसम्म अनेक हर्कतका कारण विभिन्न समयमा निकै विवादमा समेत तानिएका थिए ।

सन् २००६ मा राखी सावन्तको जन्मदिनको अवसरमा केट काटेपछि राखीलाई ओठका चुम्बन गरेपछि भएको तनावले राखी अदालतसम्म पुगेकी थिइन् ।

त्यतिमात्र होइन उनी स्टेज कार्यक्रममा गरेको व्यवहारका कारण पनि विवादमा आएका थिए । २०१५ मा नयाँ दिल्लीमा भएको एक कार्यक्रममा उनले एक जना डाक्टरलाई थप्पड हानेका थिए । कार्यक्रममा युवतीहरुको समूहमा नाँच्न रोक्दा रोक्दै पनि डाक्टरले नमानेपछि उनलाई थप्पड हानेको मीकाको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.