![]()
काठमाडौँ । भावी प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक निर्णय बिनै सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठक थप गृहकार्य गर्ने भन्दै स्थगित भएको हो । बैठक अर्को शनिवार बस्ने जनाइएको छ ।
भावी प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले योग्यता पुगेका दुईजना वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र चालेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको थियो ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ६५ वर्षे उमेर हदका कारण पुस १८ गते अवकास पाउने भएकाले परिषद्ले संसदीय सुनुवाइका लागि नाम सिफारिस गर्न लागेको हो ।
संवैधानिक व्यवस्थाअनुसार अवकास पाउने एक महिना अघि भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्छ । दीपकराज जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेकाले जबरा प्रधानन्यायाधीशमा सिफारिस हुने निश्चित जस्तै छ ।


