Breaking News.... EverestOnlineKhabar
June 19, 2026

मेक्सिकोले अमेरिका प्रवेश गर्न खोज्ने ५०० आप्रवासीलार्इ डिपोर्ट गर्ने

Loading

बीबीसी । मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोज्ने ५०० आप्रवासीलार्इ मेक्सिकन सरकारले डिपोर्ट गर्ने निर्णय गरेको छ। मेक्सिकोको गृह मन्त्रालयले आइतबार हिंसात्मक र गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्न खोजेकाहरुलार्इ डिपोर्ट गर्ने विज्ञप्ती मार्फत जानकारी दिएको छ।

मेक्सिकोको सीमामा हजारौं आप्रवासीहरु अमेरिकी प्रवेश गर्ने आश्य सहित भेला भएका छन्। क्याराभान बनाउँदै मेक्सिको पुग्नेहुरुमा होन्डुरस, ग्वाटामालाका नागरिक रहेका छन्। हाल अरु राष्ट्रका नागरिक समेत उक्त क्याराभान सहभागी भएको जनाइएको छ।

मेक्सिकोको टिजुआना शहरमा शरण लिइरहेका आप्रवासीहरुमा धेरै संख्यामा महिला र बालबालिका रहेका छन्। आइतवार अमेरिका प्रवेश गर्न खोज्दा उनीहरुमाथि अमेरिकी सीमामा रहेका सेनाले टियर ग्याँस प्रहार गरेका थिए।   त्यसक्रममा करिब ५०० जनाहिंसात्मक गतिविधिमा सहभागी रहेको भन्दै उनीहरुलार्इ डिपोर्ट गरिन लागेको बताइएको छ।

आप्रवासीहरुले ‘हामी अपराधी होइनौं, दुख गरेर काम गर्ने मानिस हौं’ भन्दै नारा लगाएका थिए। शान्तिपूर्ण प्रदर्शनको माग राखेका आप्रवासीहरुलार्इ  उनीहरूको नेतृत्व गरिरहेका व्यक्तिहरुले धेरै समुह बनाएर अमेरिका प्रवेश गर्न बताएपछि अवस्था बिग्रिएको बताइएको छ।

टिजुआना शहरमा केही साता देखि आप्रवासी प्रवेश गर्न सुरु गरेदेखि परिस्थिति निकै तनावपूर्ण हुँदै गएको छ।   आफ्नो देशमा चरण गरिबी र अभाव रहेको भन्दै सुरक्षित भविष्यका लागि अमेरिका प्रवेश गर्न खोजेको उनीहरुको तर्क छ।

यता, अमेरिकी राष्ट्रपतिले आप्रवासीहरु प्रति कडा निर्णय लिने बताउँदै आएका छन्। ट्रम्प प्रशासनले गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्नेलार्इ मान्यता नदिने भन्दै सीमामा थप सुरक्षाकर्मी परिचालन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed