Breaking News.... EverestOnlineKhabar
June 27, 2026

संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकार केन्द्रीत : मन्त्री पण्डित

Loading

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकार केन्द्रित भएको बताएका छन्। मन्त्री पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकारले कर्मचारी समायोजना ऐन, प्रहरी ऐन र निजामती कर्मचारी सेवा ऐन निर्माणको कामलाई पनि अन्तिम चरणमा पुर्‍याएको स्पष्ट पारे।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय तह समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने उल्लेख गर्दै त्यसलाई सहज रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दावी पनि गरे। जनताको चाहाना अनुसार मुलुकमा विकास, निर्माणको कामलाई तीव्रता दिने मन्त्री पण्डितको योजना छ।

मन्त्री पण्डितले विकास, निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने आश्वासन पनि दिए। वर्षाका कारण यस अघि विकास निर्माणको कामले गति लिन नसकेको मन्त्री पण्डितको तर्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.