Breaking News.... EverestOnlineKhabar
June 20, 2026

स्थानीय तहको बेथितिमाथि धेरै उजुरी आएपछि अख्तियारले निगरानी बढायो

Loading

बाँके ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविनकुमार घिमिरेले स्थानीय तहको सबै गतिविधि नजिकबाट नियालिरहेको बताएका छन् । नेपालगञ्जमा अख्तियारको सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरेले स्थानीय तहको बारेमा आएको सबैभन्दा धेरै उजुरीले त्यहाँ बेतिथि बढेको देखाएकाले आफूहरुले सक्ष्म तरिकाले निगरानी गरिरहेको बताए ।

प्रमुख आयुक्त घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा आयोगले हात नै हालिसको बताए । उनले अरु ठेक्कापट्टाका कामहरुलाई पनि समयमा सम्पन्न गर्न चेतावनी दिए ।

‘अब कञ्चनपुरको उपकरण देखाएर ताप्लेजुङमा ठेक्का लिने दिन गए, हामीले ठेकेदार कम्पनीको ठेक्का लिने र काम नगर्ने परिपाटीको अन्त्य गर्दैछौँ’, घिमिरेले भने, ‘सम्झौता अनुसार गुणस्तरीय र समयमा काम हुनुपर्छ । यसमा कुनै सम्झौता हुँदैन ।’

घिमिरेले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । उनले कर्मचारीहरुलाई पनि असफल हुन छुट नरहेको बताए । ‘विधि सम्मत काम गर्नुस्, मितव्यायी हुनुस्, काममा सम्झौता नगर्नुस्’, उपस्थित कार्यालयहरुलाई घिमिरेले निर्देशन दिए ।

उनले अख्तियारले हरेक दिन स्टीङ्ग अप्रेसन गरिरहेको बताए । ‘हामीले रहरले स्टीङ्ग अप्रेसन गरेका छैनौँ, बाध्यताले गरेका छौं’, घिमिरेले भने, ‘यातायात, मालपोत, नापी, वैदेशिक रोजगार, जिल्ला प्रशासनदेखि स्थानीय तहमा हामीले दैनिक निगरानी गरिरहेका छौँ ।’ घिमिरेले अहिले अख्तियारको थुनामा २५ जना रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed