Breaking News.... EverestOnlineKhabar
June 19, 2026

भारत यू–१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

Loading

काठमाडौं।  यू–१५ साफ च्याम्पियनसिप फुटबलमा भारत सेमिफाइनलमा पुगेको छ। भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो।

सुरुदेखिनै भुटानमाथि दबाब राखेको भारतले चौथो मिनेटमा अग्रता बनाएको थियो। उसका लागि पाउल सुभोले गोल गरेका थिए। पहिलो हाफमा १ गोल गरेको भारतले दोस्रो हापमा ३ गोल थपेको थियो । भारतका सुब्बाब कुसाङले ६६औं मिनेटमा टिमकालागि दोस्रो गाल गरेका थिए । उनै सुब्बाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा भारत ३–० ले अघि बढेको थियो । ९०औं मिनेटमा पनि भारतले गोल गर्दै ४–० को जित निकालेको हो।

भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए । पाकिस्तान ६ अंक सहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुगि सकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed