Breaking News.... EverestOnlineKhabar
June 20, 2026

यू १५ च्याम्पियनसिपमा पाकिस्तानले भारतलाई हरायो

Loading

काठमाडौं । भारतलाई पराजित गर्दै पाकिस्तानले यु–१५ साफ च्याम्पियनसिप फुटबलमा बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भारतलाई २–१ स्तब्ध पार्दै पाकिस्तानले विजयी सुरुवात गरेको हो । सातोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको ३० औँ मिनेटमा अदनान जस्टीनको गोलबाट पाकिस्तानले अग्रता लिएको थियो ।

भारतीय डिफेन्सको गल्तीको फाइदा उठाउँदै जस्टीनले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा पछि परेको भारतले ५३ औ मिनेटमा थालातुइको गोलबाट पाकिस्तानको अग्रता बराबरी पारेको थियो ।

बराबरीपछि आक्रामक बनेको पाकिस्तानले खेलको ८५ औं मिनेटमा वासीफको गोलबाट खेलमा फेरि अग्रता बनाएको थियो । त्यसपछि भारतमा खेलमा फर्किन सकेन र पाकिस्तान २–१ ले बिजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed