Breaking News.... EverestOnlineKhabar
August 9, 2026

विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याईंदै, चार दिनसम्म नेपालमै राखिने

Loading

काठमाडौं । आउँदो वर्ष इंग्ल्यान्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आउने भएको छ । विश्वकप ट्रफी बंगलादेशबाट शुक्रबार नेपाल आइपुग्ने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले जनाएको छ ।

विश्वकप ट्रफी चार दिनसम्म नेपालमै राखिनेछ । शुक्रबार ट्रफीलाई स्वयम्भु भ्रमण गराईने छ । शनिबार ट्रफीलाई पोखरा क्रिकेट रंगशालामा लगिनेछ । आईतबार ट्रफीलाई काठमाडौंको चन्द्रागिरीलाई लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाईने कार्यतालिका रहेको छ । अन्तिम दिन २९ गते सोमबार प्रसंशकसंग ट्रफीको फोटो खिचाएर नेपाल भ्रमणको समापन गरिनेछ ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed