Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बेल्जियमले स्विट्जरल्यान्डलाई हरायो, इंग्ल्यान्ड र क्रोएसिया बराबरीमा

Loading

एजेन्सी। युइएफए नेसन्स लिगमा इंग्ल्यान्ड र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन्। समूह ए–४ को मा रहेका दुवै टिमले बराबरीसँगै १–१ अंक जोड्न सफल भएका छन्। यसअघि दुवै टिमलाई स्पेनले पराजित गरेको थियो।

लिगअन्तर्गत समूह ए–२ को खेलमा बेल्जियमले स्विट्जरल्यान्डलाई २–१ गोलले पराजित गरेको छ। बेल्जियमका लागि दुवै गोल रोमेलु लुकाकुले गरेका थिए। लुकाकुले खेलको ५८ मिनेटमा गोल गरेर बेल्जियमलाई अग्रता दिलाए।

स्विट्जरल्यान्डका गार्भानोभिकले खेलको ७६ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए। तर लुकाकुले ८४ मिनेटमा व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दा बेल्जियम २–१ ले अघि बढ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.