Breaking News.... EverestOnlineKhabar
June 20, 2026

Loading

काठमाडौं । आइसीसी टी २० बिश्वकप एशिया छनोट अन्तर्गत नेपालसंगको खेलमा चीन साह्ै निरीह देखियो । टस हारेर पहिले ब्याटिङ गरेको चीनका कुनैपनि खेलाडीले गतिलो प्रर्दर्शन गर्न सकेनन ।

जम्मा २७ रनको लक्ष्य दिनेक्रममा चीनका ८ खेलाडी त शून्य रनमा आउट भए । नेपालका सन्दिप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशी तीन जनाले तीन–तीन विकेट लिएपछि चीनको इनिङ धराशायी हुन पुग्यो ।

२६ रन बनाएको चीनका लागि हङ जियान यानले ११ रन जोड्नुु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । यसअघिका चार खेल लगातार जितेको नेपालले आजको खेलमा पनि जित निकाल्ने लगभग पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed