Breaking News.... EverestOnlineKhabar
June 20, 2026

Loading

काठमाडौं । आईसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह बी को चीनविरुद्धको खेलमा नेपालले १० विकेटको शानदार जित निकालेको छ । मलेसियाको वायुुमास ओभलमा भएको खेलमा नेपालले १.५ ओभरमा २९ रन बनाउँदै जित निकाल्यो ।

जितका लागि विनोद भण्डारीले अन्तिम चौका प्रहार गरेका थिए । २७ रनका लागि १३ ओभर खेलेको चीनविरुद्ध ओपनिङ ब्याट्सम्यान विनोद भण्डारी एक्लैले २४ रन बनाए । उनले ८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको चीनले २६ रन बनाउने क्रममा चीनका लागि हङ जियान यानले ११ रन जोड्नुु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् भने आठ जना ब्याट्सम्यान शून्य रनमै आउट भए ।

त्यस्तै, बलिङका नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३—३ विकेट लिएपछि चीन १३ ओभरमा सबै विकेट गुमाउँदै २६ रनमा समेटेका थिए ।नेपाल छनोटको अर्को चरणामा प्रवेश गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed