![]()
एजेन्सी । दक्षिण अफ्रिकाले जिम्बाब्वेविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ३४ रनको विजय हासिल गरेको छ । डुसानले ४४ बलमा ५ चौका र १ छक्कासहित ५६ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनायो ।
डुसानबाहेक दक्षिण अफ्रिकाका लागि कप्तान फाप डुप्लेसिसले ३४ तथा डेभिड मिलरले ३९ रन बनाए । जिम्बाब्वेका केली जर्भिस ३ विकेट लिए भने क्रिस एफपोफुले २ विकेट लिए ।
१ सय ६१ रनको लक्ष्य पछ्याएको पिटर मुरले ४४ रन बनाउनुुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । ब्रान्डोन मभुटाले २८ तथा सिन विलियम्सनले २१ रन बनाए । कप्तान ब्रेन्डन टेलरले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिका इमरान ताहिरले २३ रन दिएर ५ विकेट लिए भने जुनियर डाला र एन्डिल फेलुकवायोले समान २ विकेट लिए ।


