Breaking News.... EverestOnlineKhabar
June 27, 2026

युथ ओलम्पिकमा तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

Loading

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा हुने तेस्रो युथ ओलम्पिकमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। यही अक्टोबर ६ देखि १८ सम्म हुने युथ ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स, जुडो र ब्याड्मिन्टनका १-१ खेलाडीले सहभागीता जनाउनेछन्।

एथ्लेटिक्समा लुजा अमात्यले दुई सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्। यस्तै सोनिया भट्टले जुडोको ४४ केजी तौल समूहमुनी प्रतिस्पर्धा गर्नेछिन् भने ब्याडमिन्टनका रुकेश महर्जनले मेन्स सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्। तीनै खेलाडीले वाइल्ड कार्ड इन्ट्री मार्फत प्रतिस्पर्धा गर्न लागेको नेपाल ओलम्पिक मिटिले जनाएको छ।

यसैगरी प्रशिक्षकतर्फ एथ्लेटिक्सको विमला जोशी, जुडोका विजय कुमार गुरुङ र ब्याडमिन्टनका किरण थापा छन्।  युथ ओलम्पिकमा जाने यी ६ सदस्यी नेपाली टोलीलाई सोमवार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांघिय सांसद जीवन राम श्रेष्ठले बिदाइ गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.