Breaking News.... EverestOnlineKhabar
October 2, 2026

संविधानबिरोधी पोष्ट फेसबुकमा शेयर गरेपछि यी महिलाको जागिर चट्

Loading

धनुषा । संविधान विरोधी पोष्ट फेसबुकमा शेयर गरेको भन्दै एक जना महिला कर्मचारीलाई कामबाट निकालिएको छ। जिल्ला अदालत धनुषामा करारमा खरिदार पदमा कार्यरत गुञ्जा रायलाई कामबाट निकालिएको हो।

आइतबार जनकपुरमा पत्रकार सम्मलेलन गरी रायले असोज ३ गते संविधान दिवसका दिन ‘कालो दिवस’का पक्षमा रहेको पोष्ट फेसबुकमा शेयर गरेकै निहुँमा आफूलार्इ कामबाट निकालिएको बताइन्।

निष्काशन गरिएकी रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको र आफूलाई अवकाश पत्र थमाइएको बताइन्। उनले संविधान दिवसका दिन ‘कालो दिवस’ बारेको पोष्ट शेयर गरेकै कारणले जागिरबाट निकालिएको दाबी गरेकी छिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed