Breaking News.... EverestOnlineKhabar
October 3, 2026

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिन कांग्रेस सांसदहरुको माग

Loading

काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसका सांसदहरूले हालै गरिएको मुल्यवृद्धि फिर्ता लिन माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनीहरूले जनताको ढाड सेक्ने गरी गरिएको मुल्य वृद्धि फिर्ता लिन माग गरेका हुन्।

बैठकमा बोल्दै कांग्रेस सांसद उमा रेग्मीले दिनानुदिन जनताको ढाँड सेक्ने काम नगर्न सरकारलाई आग्रह गरिन्। ‘जनताको ढाड सेक्ने गरी पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरिएको छ,’उनले भनिन्,‘सरकारले मुल्य वृद्धिको निर्णय तत्काल फिर्ता लेओस्।’

यस्तै, कांग्रेसकै सांसद डा. डिला संग्रौलाले पनि तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरिन्। सरकार बनेको ७ महिना बितिसक्दा पनि जनताले महँगी र करको मार खेप्न बाध्य भएको भन्दै तत्काल फिर्ता लिन माग गरेकी हुन्।

‘जनता महङ्गी र करको मारमा परेका छन्, जनताको आमदानी घटिरहेको छ। यस्तो अवस्थामा जनतालाई राहात दिन, सरकारले योजनाहरू तयार गर्ने कि भाषणबाटै महङ्गी र कर घट्छ जस्तो गरी भाषणमा समय बिताउने?’ उनले प्रश्न गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed