Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । बलिउड अभिनेता गोबिन्दा नेपाल आउने भएका छन् । आइतबार राजधानीमा आयोजना हुने ‘एलजी सिनेमा सर्कल अवार्ड’को लागि उनी नेपाल आउने भएका हुन् ।

अवार्डमा पाहुनको रुपमा उनले सहभागी जनाउने अवार्डका अध्यक्ष दिनेश डिसीले बताए । डिसीका अनुसार गोबिन्दा शनिबार नेपाल आउने छन् । तीन दिनको भ्रमणका लागि नेपाल आउन लागेका गोबिन्दाले अवार्डमा बरिष्ठ निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने कार्यक्रम रहेको छ ।

राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरेका थिए । राना अहिले मृगौला रोगबाट पिडित छन् ।

अवार्डको अलवा गोविन्दाको पशुपतिनाथको पूजा गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.