![]()
एजेन्सी । एचएमडी ग्लोबल कम्पनीले नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको छ । एचएमडीले नोकिया मोबाइल ताइवानको ट्वीटर ह्याण्डलमा एक नयाँ स्मार्टफोनको लञ्चिङसँग सम्बन्धित जानकारी शेयर गरेको छ ।
यद्यपि, कम्पनीले आगामी स्मार्टफोनको नाम खुलाएको छैन । अनलाइनमा आइरहेका रिपोर्ट अनुसार कम्पनीले नोकिया एक्स सेभेन लञ्च गर्ने तयारी गरिरहेको छ ।
यसअघि नोकिया एक्स फाइभ र नोकिया एक्स सिक्स चीनमा लञ्च गरेको केही हप्तापछि नै कम्पनीले नोकिया ५.१ प्लस र नोकिया ६.१ प्ल्सको ग्लोबल लञ्च गरेको थियो । कम्पनीले नोकिया एक्स सेभेनलाई विश्वव्यापी रुपमा नोकिया ७.१ प्लस जस्तै रुपमा लञ्च गर्ने सम्भावना रहेको बताइएको छ ।
फेसबुकमा पोष्ट गरिएको टिजर तस्वीरमा स्मार्टफोनको अगाडिको भागलाई क्यामरा एपसँगै देखाइएको छ । यसको अर्थ यो छ कि आगामी स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण विशेषता लो लाइट फोटोग्राफी फिचरयुक्त क्यामरा हुनेछ ।


