Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सिंगापुरमाथि नेपालको ४ विकेटको जित, एशिया कपको आशा जिवितै

Loading

एजेन्सी । सिंगापुरलाई ४ विकेटले हराउँदै नेपालले आगामी एसिया कप क्रिकेट खेल्ने सम्भावना कायमै राखेको छ। मलेसियामा जारी छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको हो।

अब अन्तिम खेलमा मंगलबार हङकङलाई हराउन सकेमा नेपालको शीर्ष दुईस्थानमा पर्ने सम्भावना कायमै रहन्छ। त्यसका लागि यूएई र ओमानमध्ये एक टोलीले कम्तीमा दुई वटा हार ब्यहोर्नु पर्ने छ।

सिंगापुरविरुद्ध प्राप्त एक सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो। नेपालको पालीमा अनिल शाहले ४३,दीपेन्द्रसिंह एेरीले ३३ र ज्ञानेन्द्र मल्लले २९ रन बनाए।

यसअघि नेपालले सिंगापुरलाई ४२ ओभरमा एक सय ५१ रनमा समेटेको थियो। नेपालका बलर सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन विकेट हात पारे। सुरुका दुई खेलमा हार ब्यहोरेको नेपालले शनिबार मलेसियालाई पराजित गरि छनोट यात्रामा फर्किएको हो।

प्रतियोगिताको विजेता मात्र एसिया कपमा छनोट हुने छ। सहभागी ६ टोलीमध्ये शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्। विजेता टोली एसिया कपमा पुग्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed