Breaking News.... EverestOnlineKhabar
April 21, 2026

टोखा र नागार्जुनका वडाध्यक्षमा क–कसको जित ?

Loading

काठमाडौं, जेठ २ । टोखा नगरपालिका–१ मा नेकपा एमालेका श्रीकृष्ण अधिकारी विजय भएका छन् भने वडा नम्बर–२ मा नेपाली कांग्रेसका दीपकराज जोशी र वडा नम्बर–३ मा नेपाली कांग्रेसकै सिंहराज श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिहर अधिकारीले अग्रता कायय राखेका छन् ।

अधिकारीले तीन हजार १२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए । उनकाअनुसार एमालेबाट प्रकाश अधिकारीले दुई हजार ३११ र नेकपा माओवादी केन्द्रका कल्पना शर्माले करिब एक हजार मत प्राप्त गरेका छन् ।

यसैगरी, नागार्जुन नगरपालिका–२ को वडाध्यक्षको नेकपा एमालेका खुमबहादुर केसी विजय भएका छन् ।

मंगलबार राति सम्पन्न भएको मतगणनामा एमालेका केसीले ७९१ मत ल्याइ विजय भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराऐ । वडा नम्बर–२ मा करिब एक हजार ८०० मतदाता रहेका छन् ।

यसैगरी, प्रमुखमा एमालेका कृष्णहरि खत्रीले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत लामिछानेकाअनुसार खत्रीले एक हजार १४ मत, नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ४६० र नेकपा माओवादी केन्द्रका कुमार तामाङले ११५ मत ल्याएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed