Breaking News.... EverestOnlineKhabar
October 3, 2026

खुलामञ्चस्थित पुरानो बसपार्क बन्दः वैकल्पिक स्थान नतोक्दा यात्रु अलमल

Loading

काठमाडौ,भदौ ।
खुल्लामञ्चस्थित पुरानो बसपार्क ५ दिनको लागि बन्द गरिएको छ । बिहीबार सुरु हुने बिम्स्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन र पूर्व तयारी गर्नुपर्ने जनाउँदै खुलामञ्चस्थित बसपार्क आजदेखि बन्द गरिएको छ। बिहानैदेखि बसपार्क बन्द हुँदा गाडी चढ्ने ठाउँ यकिन गर्न यात्रुहरु अलमलिएका छन्। तत्कालका लागि बसपार्कको मुखमा चढाउने र ओराल्ने गरिएको छ।
‘चौथो बिम्स्टेक सम्मेलन भदौ १४ र १५ गते हुने भएकाले पूर्व तयारी एवं ट्राफिक व्यवस्थापन तथा बसपार्क मर्मतका लागि भदौ १२ देखि १६ गतेसम्म बसपार्क बन्दो हुने ’ काठमाडौं महानगरपालिकाको सूचनामा उल्लेख छ। बिहान ६ देखि बेलुकी ६ बजेसम्म चारैदिन बसपार्क बन्द गरिएको हो।
बसपार्क बन्द भएपछि अरनिको राजमार्ग हुँदै खुल्लामञ्च आउने ठूला यात्रुबाहक सवारीसाधनलाई कोटेश्वरबाटै ड्राइभर्सन गरी सातदोबाटो, कलंकी, हुँदै नयाँ बसपार्कतर्फ पठाइएको छ।
साँखु, बौद्ध, चाबहिल, थानकोट लगायतका स्थानहरुबाट खुलामञ्चस्थित बसपार्कका आउने सवारीसाधनहरुलाई भने रत्नपार्क वरपर पिक एन्ड ड्रप मात्रै गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed