![]()
एजेन्सी । युट्युबमा कुनै भिडियो हेरिरहँदा वा भिडियो सुरु हुँदा विज्ञापन आउँछ । ती विज्ञापनलाई निश्चित समयपछि स्किप गर्न सकिन्छ । तर चाँडै नै युट्युबका भिडियोमा आउने विज्ञापन स्किप गर्न मिल्ने क्रम कम हुनेछ । अर्थात स्किप गर्न नमिल्ने खालका विज्ञापन पनि आउँदै छन् ।
मोनिटाइज भएका युट्युब च्यानलहरुले छानिएका भिडियो सामग्रीमा स्किप गर्न मिल्ने खालका विज्ञापन राख्न पाउने गरी नयाँ व्यवस्था फिचर आउँदैछ । यसबाट युट्युबरले धेरै आय गर्न सक्ने छन् भने विज्ञापनदाताले बढी रकम तिर्नु पर्नेछ । यस्ता स्किप गर्न नमिल्ने विज्ञापनहरु बढीमा २० सेकेण्डको हाराहारीका हुनेछन् ।


