Breaking News.... EverestOnlineKhabar
October 2, 2026

दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई सभामुख महराद्वारा बिदाई

Loading

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई विदाइ गरेका छन्। सोमबार बिहान सभामुखको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले विदाइ गरेका हुन्।

सभामुख महराले खेलाडीहरूलाई उच्च क्षमता प्रदर्शन गरेर देशको नाम विश्वमा चिनाउन खेलाडीहरूलाई आग्रह गरेका छन्। ‘तपाईहरू नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ’, महराले भने, ‘उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस्, तपाईंहरूको सफलता सिंगो देशकै सफलता हुनेछ।’

विश्व तेक्वान्दो महासंघको आयोजनामा अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो। टिममा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed