Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सर्वदलीय बैठकपछि महेन्द्रनगर शान्त हुने अपेक्षा, यस्ता छन निर्णय :

Loading

कञ्चनपुर  । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणले उग्ररुप लिएपछि शनिबार कञ्चनपुरमा सर्वपक्षीय सर्वदलीय बैठक बस्यो ।  राजनीतिक दल, नागरिक समाज, महिलाअधिकारकर्मी, आन्दोलनमा सहभागी दबाब समितिको बैठकले केही महत्वपूर्ण निर्णय गरेपछि करिब एक महिना लामो तनाव अन्त्य हुने र घटनाको निष्पक्ष छानबिन हुने आशा गरिएको छ ।

यस्ताछन् बैठकले गरेका महत्वपूर्ण निर्णयहरुः 
– बैठकले निर्मला पन्त छानबिन आन्दोलनको दुःख व्यक्त गर्दै शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनालाई शहीद घोषणा गर्न आग्रह गरेको छ । सँगै मृतकका परिवारलाई उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । सँगैआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्नुपर्ने माग गरिएको छ ।
– आन्दोलनका क्रममा घाइते भएकाहरु उपचारपछि पनि शारीरिक रुपमा अशक्त भएमा उनीहरुको जीवन निर्वाहमा अप्ठेरो नपर्नेगरी राज्यले व्यवस्था गर्नुपर्ने छ ।
– आन्दोलनका क्रममा तोडफोड, सरकारी, सार्वजनिक व्यक्तिगत क्षति भिडको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागि समिति गठन गर्न गृहमन्त्रालयसमक्ष अनुरोध गर्ने ।

– अप्रिय घटना फेरि दोहोरिन नदिन घटनाको निष्पक्ष छानबिन तथा शान्ति सुव्यवस्था बनाइराख्न राजनीतिक दल, नागरिक समाज, उद्योगीलगायत सबै पक्षबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाउने,
– थप विरोधका कार्यक्रम आजैदेखि बन्द गर्न अपिल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.