Breaking News.... EverestOnlineKhabar
April 21, 2026

६ लाख ८० हजार घुस लिँदालिँदै नापी सर्वेक्षक रंगेहात पक्राउ

Loading

झापा, जेठ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख ८० रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई सोमबार पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।

सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि उनले ६ लाख ८० रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताए ।

मण्डललाई सोमबार दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदालिँदै उनलाई पक्राउ गरेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed