![]()
म्याग्दी, जेठ १ । मालिका गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका टंक पुन ४५१ मत ल्याइ निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धिबहादुर पुनले २६४ र नेकपा माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन् ।
सो गाउँपालिकाको वडासदस्यमासमेत कांग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भएका छन् ।
यहाँ एक हजार ३३७ मतदाता रहेकामा ९०७ जनाले मतदान गरेका थिए ।
यस्तै, मालिका गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका बेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा कांग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेञ्चुरीले १४१ मत प्राप्त गरेका छन् । रासस


