Breaking News.... EverestOnlineKhabar
June 28, 2026

राजनीतिक दवाव स्वीकार नगर्ने ट्रम्पलाई महान्यायाधिवक्ताको भनाई

Loading

एजेन्सी,भदौ ।
अमेरिकी महान्यायाधिवक्ता जेफ सेशन्सले आफूले कुनै पनि खाले राजनीतिक दबाब नस्वीकार्ने र कानुन विपरीत कसैसँग नझुक्ने प्रष्ट पारेका छन् । आफू न्याय विभागको प्रमुख रहुञ्जेल आफ्नो विभागले जस्तोसूकै राजनीतिक दबाबलाई पनि नस्वीकार्ने उनले बताए ।
राष्ट्रपति डोनल्ड ट्रम्पले सेशन्सको नियन्त्रणमा कानुन विभाग नरहेको र अमेरिकी निर्वाचनमा रुसी घूसपैठसम्बन्धी मुद्दा आफूले नहेरेर अर्को व्यक्तिलाई हेर्न दिएकोमा व्यक्तिगत स्तरको टिप्पणी गरेलगत्तै उनले यस्तो बताएका हुन् ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे न्याय विभागले जारी राखेको अनुसन्धानप्रति असन्तुष्ट ट्रम्पले न्याय विभागको सँधै आलोचना गर्दै आएका छन् । सेशन्स शुरुमा ट्रम्पकै निर्वाचन अभियानका समर्थक थिए । तर रुसी घूसपैठसम्बन्धी मुद्दाको छानविन गर्ने जिम्मेवारी भने उनले आफ्ना डेपुटी रोड रोजनस्टाइनलाई दिएका छन् ।
स्पेशल काउन्सल रोबर्ट मूलरले गरिरहेको अनुसन्धानमा क्रममा दुई दिनअघि ट्रम्पका चुनावी अभियानका पूर्व प्रबन्धक पल मैनफोर्टलाई कर र बैंक जालसाजीमा दोषी पाइएको र दोष स्वीकार पनि गरेकाले घटनाले नाटकीय मोड लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.