Breaking News.... EverestOnlineKhabar
April 21, 2026

भरतपुर महानगरपालिकामा मतगणना सुरु, यसकारण भयो ढिलाइ

Loading

चितवन, जेठ १ । भरतपुर महानगरपालिकामा सोमबार दिउँसो ४ः३० बजेदेखि मतगणना सुरु गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाकाक्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको संख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदानस्थलमा गरिएको मुचुल्काको संख्याअनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा ढिलाइ भएको थियो ।

निर्वाचन आयोगको प्रचलित ऐन–कानुन र विधि–विधानअनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । गणना १ नम्बर वडाबाट सुरु गरिएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २ सय ७४ मतदाता रहेकामा ७५ दशमलव ०२ प्रतिशत मत खसेको जनाइएको छ ।

यसअनुसार १ लाख १२ हजार ७ सय ४१ मत हुन आउँछ ।

महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट संयुक्तरुपमा प्रमुख पदमा रेणु दाहाल र नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ ।

भरतपुरको कभर्डहलमा मतगणना थालिएको हो ।

भरतपुर महानगरपालिकामा २ लाख ८० हजार पाँच सय २ जनसंख्या रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed