![]()
काठमाडौँ ।फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको काठमाडौंको थापाथली स्थित घर भित्रै छुरी प्रहार गरी हत्या भएको छ । उनलाई बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको थियो ।
उनको टाउकोमा छुरी प्रहार भएको चोट देखिन्छ। घटनाबारे बिहान साढे ६ बजे परिवारले थाहा पाए पछि प्रहरीलाई खबर गरेका थिए। झासँगै उक्त घरमा उनको श्रीमती तथा कामदार बस्ने गरेका थिए।
पराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका हुन्।


