Breaking News.... EverestOnlineKhabar
April 21, 2026

अज्ञात समूहको आक्रणबाट कलाकार परियारको निधन ,अर्को एक जना घाइते

Loading

व्यास १ भादगाउँ स्थित छालाकारखाना नजिक केहीबेर अगाडि अज्ञात समूहको आक्रमणमा परि कलाकार विक्रम परियारको निधन भएको छ।

आक्रमणबाट घाइते भएका परियारलाई उपचारका लागि दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।अस्पताल ल्याइएका परियारलाई डाक्टरले मृत घोषणा गरेका थिए । मृतक परियारको टाउकोमा गम्भीर चोट लागेको छ । धारिलो हतियारले आक्रमण गरिएको अनुमान गरिएको छ । कलाकार परियार स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि दमौली आएका थिए ।

सोही घटनामा परि उनी सगै अर्को एक जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि पोखरा लगिएको छ । सो घटनाको विषयमा विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक विजयराज पण्डितले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed