Breaking News.... EverestOnlineKhabar
April 21, 2026

उत्साहजनक रुपमा मतदान सम्पन्न, दुई केन्द्रमा स्थगित

Loading

 

काठमाडौं, वैशाख ३१ । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार तीन वटा प्रदेशका २ सय ८३ स्थानीय तहमा उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ ।

केही मतदान केन्द्र बाहेक समग्रमा मतदान शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । औसतमा ७० प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान पनि आयोगले गरेको छ ।

काठमाडौंमा करिब ७० प्रतिशत मत खसेको छ भने नवलपरासीको नवलपुर क्षेमा ७५ प्रतिशत मत खसेको छ ।

यता, मकवानपुरमा पनि ७० प्रतिशत नै मत खसेको आयोगले जनाएको छ ।

यस्तै स्याङ्जा, नुवाकोट र पर्वतमा ७० प्रतिशत भन्दा बढी मत खसेको जनाइएको छ भने रसुवामा ८१ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजे सम्मका लागि मतदानको समय तय गरिएको थियो ।

आइतबार मतदानमा काभ्रेको नमोवुद्ध र दोलखाको मेलुङ गरी दुई वटा मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed