Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

बीबीसी ।अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन् । अफगान हवाई बलले शुक्रबार गरेको कारबाहीमा उनीहरु मारिएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

‘तालिबान लडाकू भेला भएर बसेका थाहा पाएपछि सुरक्षा फौजले शुक्रबार दिउँसो सो हवाई कारबाही सुरु गरेका थिए,’ प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायरले भने ।

मारिएका तालिबान लडाकूमा स्थानीय कमाण्डर मुल्लाह ताटिफ, असाडुल्लाह, असिर र बार्याली पनि रहेको उनले बताए । आक्रमणका क्रममा लडाकूले प्रयोग गर्ने गरेको ११ ओटा मोटरसाइकल पनि नष्ट भएको प्रहरी प्रमुख मायरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.