Breaking News.... EverestOnlineKhabar
October 2, 2026

राष्ट्रियसभा अन्तर्गत संसदीय समितिका सभापति चयनका लागि भदौ १३ गते चुनाव गर्ने नयाँ मिति

Loading

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिको सभापति चयनका लागि हुने चुनावको मिति सरेको छ । बिहीबारको राष्ट्रियसभा बैठकले संसदीय समितिका सभापति चयनका लागि आउँदो भदौ १३ गते चुनाव गर्ने नयाँ मिति तोकेको हो ।

यसअघि यो चुनाव भदौ ३ गते हुने तयारी थियो । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन, विधान व्यवस्थापन, प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

यी समितिको सभापति चयनका लागि भदौ १३ गते बिहान ११ बजे चुनाव हुने भएको हो । राष्ट्रियसभाको अर्को बैठक भदौ ४ गते बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed