![]()
काठमाडौं। पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ ले महिलालाई मात्र नभएर पुरुषको पनि प्रजनन स्वास्थ्यलाई सुरक्षित गरिएको बताए। उनले परिवार नियोजनका अस्थायी साधन (कण्डम) कुनै किशोर वा किशोरीको साथबाट भेटेमा अभियुक्त झैं व्यवहार गर्न नपाईने बताए।
उनले त्यसका लागि गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकषर्ण गराउँदै कुनै किशोर वा किशोरीको साथमा परिवार नियोजनको साधन छ वा छैन भनेर पछि लाग्नु वा दण्डित गर्ने किसिमले नलाग्न प्रहरीलाई निर्देशन दिन आग्रह गरे।
प्रजनन स्वास्थ्यको प्रत्याभूतिको लागि राज्यले अनुदान रकम छुट्याइएको भए पनि खर्च अर्थात प्रयोग कसरी हुन्छ? भन्ने बारेमा प्रष्ट नभएको बताए। ‘प्रजनन स्वास्थ्यको ग्यारेण्टि गरिए पनि पूर्वाधार निर्माण नहुँदा संविधानले दिएको अधिकार कसैले माग गरे सरकार अप्ठ्यारोमा पर्ने बताए।


