Breaking News.... EverestOnlineKhabar
June 27, 2026

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमाःयस्ता छन् सचिवालय बैठकका निर्णय

Loading

काठमाडौ,साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय काठमाडौंको धुम्बाराहीमा हुने भएको छ । पेरिसडाँडास्थित भवनमा जनवर्गीय संगठनका केन्द्रीय कार्यालय र विभागहरु रहनेछन् । नेकपा सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको केन्द्रीय कार्यालय राख्ने निर्णय गरेको हो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुनुअघि धुम्बाराहीमा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय थियो । तत्कालीन नेकपा एमालेको बल्खुस्थित केन्द्रीय कार्यालयको भवन २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीमा कार्यालय सारिएको थियो ।
नेकपा सचिवालयको बिहीवारको बैठकले केही समयअघि पारित गरिसकिएको विधान र नियमावलीलाई कार्यान्वयन गर्न विभन्नि विनियमहरु, निर्देशिकाहरु, आचारसंहिताहरु निर्माण गर्ने प्रयोजनका लागि कार्यदल निर्माण गर्ने निर्णय समेत गरेको छ । कार्यदलमा नेताहरु सुवास नेम्वाङ, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल र बेदुराम भुसाल रहेका छन् ।
बिहीवारको बैठकले प्रदेशसभाका सांसदलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय पनि गरेको छ । यस्तै ,साउन मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय समेत बिहीवारको वैठकले गरेको छ ।
सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार बिहीवारको बैठकले भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय समेत गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले गरेको निमन्त्रणअनुसार पार्टी पवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा पार्टीको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय समेत बिहीवारको बैठकले गरेको छ । श्रेष्ठ नेतृत्वको टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म चीन भ्रमण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.