Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

दार्चुला । नेपालभरि इन्टर्नेटको विस्तार भएसँगै मोबाइल फोनमार्फत् इन्टर्नेट चलाउनेहरूको सङ्ख्या पनि बढिरहेको छ। त्यसरी मोबाइल चलाउनेमा विद्यालयका विद्यार्थीदेखि जागिरेसम्म छन्।

सजिलै उपलब्ध हुने सस्तो खालका स्मार्टफोनबाट पनि इन्टर्नेट चलाउन सहज हुन थालेपछि विद्यार्थीहरूलाई समेत मोबाइल चलाउने लत लागेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ। विद्यार्थीले मोबाइल धेरै हेर्न थालेको भन्दै दार्चुलास्थित महेन्द्र नमुना माध्यामिक विद्यालयले मोबाइलको फोन प्रयोगमाथि प्रतिबन्ध लगाएको छ।

विद्यालय सञ्चालन भइरहँदा पनि विद्यार्थीहरू फोनमै व्यस्त हुन थालेको भन्दै उक्त विद्यालयले आफ्नो परिसरभित्र मोबाइल फोनको प्रयोगलाई निषेध गरेको हो। शिशु कक्षादेखि १२ कक्षासम्म १८ सय विद्यार्थी रहेको उक्त विद्यालय परिसरमा सम्पूर्ण विद्यार्थीहरूलाई मोबाइल फोन निषेध गरिएको छ।

त्यस्तो प्रतिबन्ध विद्यार्थीलाई मात्रै नभई शिक्षकहरूलाई समेत लगाइएको छ। केही समयपहिले विद्यालयले विद्यार्थीको पढाइमा सहज होस् र विद्यार्थी पनि केही सिकून् भन्ने सोचका साथ नि:शुल्क इन्टर्नेट जडान गरेको थियो। तर विद्यार्थीहरूले इन्टर्नेटमार्फत् ज्ञान आर्जनभन्दा पनि सामाजिक सञ्जाल प्रयोग गरेर मनोरञ्जन गर्न थाले। त्यसपछि विद्यालयले मोबाइल फोनको प्रयोगमा बन्देज लगाइदिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.