Breaking News.... EverestOnlineKhabar
June 26, 2026

थाइल्याण्ड : गुफामा थुनिएका तीन बालक र प्रशिक्षकलाई नागरिकता प्रदान

Loading

बीबीसी । थाई सरकारले गत महिना गुफाबाट नाटकीय रूपमा उद्धार गरिएका फुटबल टोलीका तीन सदस्य र उनीहरूका प्रशिक्षकलाई नागरिकता दिएको छ। गुफामा फसेको तीतो अनुभवका माझ ती बालकहरू र उनीहरूका प्रशिक्षक देशको दक्षिणपूर्वी क्षेत्रका नागरिकताविहीन चार लाख ८० हजार मध्येका भएको खुलेको थियो।

त्यसपछि उनीहरूको नागरिकताका लागि द्रुतगतिबाट निवेदनहरूको आह्वान गरिएको थियो। नागरिकता पाउने यी चार जना गुफामा फसेका १३ जनाको समूहका सदस्य हुन्। उनीहरूलाई दुई ब्रिटिश गोताखोरले नौ दिनपछि फेला पारेका थिए। तर उनीहरुको पहिलो समूहलाई उद्धार गर्न अरू छ दिन लागेको थियो।

त्यतिका दिनसम्म ती बालकहरूलाई सुरक्षित राखेको भनी प्रशंसा पाएका प्रशिक्षकको गुफामा फसेको १८ दिन अरू तीन बालकसहित उद्धार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.