Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौँ । नेपाली आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस (अगष्ट ९) बिहीबार देशैभर विभिन्न कार्यक्रम गरी मनाएका छन । ’अधिकार, प्रतिनिधित्व र स्वायत्ततारस्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नाराकासाथ आदिवासी दिवस मनाइएको हो ।

जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट शहीदगेट, न्युरोडगेट, रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहसम्म र्‍याली निकालेका थिए । आदिवासी दिवसको उपलक्ष्यमा राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.