Breaking News.... EverestOnlineKhabar
April 22, 2026

नेपाली कांग्रेस खुल्ला किताब होःप्रभावशाली नेता सिंह

Loading

काठमाडौ,२९ बैशाख ।
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कांग्रेस मात्रै जनताको भरपर्दो पार्टी रहेको जिकिर गरेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूको पक्षमा मत माग्न बिहिबार विहान आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता सिंहले भनेः‘नेपाली कांग्रेस खुला किताब जस्तो छ । कांग्रेसले कुनै पनि कुरा लुकेर गर्दैन । कांग्रेसको इतिहाँस सबैलाई थाहा छ । कांग्रेस कस्तो पार्टी हो जनताले बुझ्नु पर्छ ।’ नेता सिंहले अगाडी भनेः‘ कुन पार्टीले राष्ट्र, जनता र राजनीतिक परिवर्तनका लागि योगदान गरेको छ, मतदाताले बुझ्नु पर्छ । भरपर्दो पार्टी कांग्रेस हो । हरेक क्रान्ति र राजनीतिक परिवर्तन कांग्रेसले गरेको छ ।’
०४६ सालको जनआन्दोलनका बेला गणेशमान सिंहकै दवावमा कम्युनिष्ट पार्टीहरू वाममोर्चा बनाउन लगाएर पछाडि–पछाडि घिसारेर ल्याएको हो तर कम्युनिष्ट पार्टीहरूको विश्वास हुँदैन । उनीहरू बोली र व्यवहारमा फरक छन् । बोलेको कुरा कहिल्यै पूरा गर्दैनन् ।’
पहिलो संविधानसभामा कम्युनिष्ट पार्टीको बहुमत हुँदाहुँदै संविधान ल्याउन नसकेको आरोप लगाएका सिंहले भनेः‘पहिलो संविधान सभामा चार–चार जना विद्वान कम्युनिष्ट नेताहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने । संविधान जारी गर्न सकेनन् । आखिर संविधानसभा विघठन गरे । दोस्रो संविधानसभामा जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए । सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भयो ।’
उनले कांग्रेस नेतृत्वमा जनतालाई अधिकार दिने गरी बनाइएको संविधान कार्यान्वयनका लागि पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरू विजयी हुनु अनिवार्य रहेको जिकिर गरे ।
नेता सिंहले भनेः‘ कांग्रेसको पक्षमा जनलहर आएको छ । कांग्रेसका उम्मेदवारहरूको जित सुनिश्चित भइसकेको छ ।’
चन्द्रागिरि नगरपालिकामा कांग्रेसले घनश्याम गिरि लाई मेयर पदमा प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed